अत्यन्त जरुरी सुचना – नयाँ ग्राहक परिचय विवरण (KYC) फाराम
नेपाल धितोपत्र वोर्डवाट मिति २०७४/११/२५ मा प्राप्त निर्देशन अनुसार धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा वजार निर्माता) नियमावली, २०६४ को अनुसुची १२ र अनुसुची १३ मा हेरफेर गरिएकोे हुँदा यस कम्पनी मार्फत शेयर कारोवार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुलाई २०७५ वैशाख मसान्त भित्रमा संसोधित नयाँ ग्राहक परिचय विवरण (KYC) फाराम यथाशिघ्र भरेर यस कम्पनीमा बुझाइदिनुहुन विनम्र अनुरोध गर्दछौं । नयाँ ग्राहक (व्यक्ति/कम्पनी) परिचय विवरण फाराम यस कम्पनीको वेवसाइटको DOWNLOAD मा पनि उपलव्ध छ ।