एनएमबि बैंकको एफपिओ
एनएमबि बैंकले जेठ ३० गतेदेखि निष्काशन गरेको थप सार्वजनिक निष्काशन (एफपिओ) मा दुई दिनमा ४९ करोड ४७ लाख ५४ हजार ७५० रुपैयाँको सेयर माग भएको छ ।एफपिओ बिक्रीबाट बैंकको चुक्ता पूँजी एक अर्ब १४ करोड बढेर ७ करोड ६० लाख पुग्नेछ भने संस्थापक साधारण सेयर अनुपात ५१:४९ कायम हुनेछ ।
राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्ता पूँजी बैंकले गत आर्थिक बर्षको नाफाबाट बोनस वितरण गरेर पुर्याउनेछ । एफपिओबाट बैंकले दुई अर्ब ६६ करोड रुपैयाँ प्रिमियम बापत संकलन गर्नेछ । जसले बैंकको जगेडा कोष थप मजबुत बन्नेछ ।
इक्रा नेपालले बैंकको एफपिओलाई इक्रा एनपी आइपीओ ग्रेड ३ रेटिङ दिएको छ । जसले औसत अवस्था जनाउँछ ।