अनलाइन प्रकृयाको बारेमा विस्तृत जानकारी
नेपाल स्टक एक्स्चेञ्च लि. ले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली मार्फत मिति २०७५।०४।०१ देखि परिक्षण कारोबार शुरु गरे सँगै यस कम्पनीले आफ्ना ग्राहकलाई ग्कभचलबmभ र एबककधयचम दिने कार्य गरीरहेको जानकारी गराईन्छ । ग्राहकलाई सो सम्बन्धी जानकारी गराउने उदेश्यले आगामी एक हप्तासम्म ३ बजे बाट कम्पनिको मुख्य कार्यालय हात्तिसारमा अनलाइन प्रकृयाको बारेमा विस्तृत जानकारी दिन लागीएकोले सम्पूर्ण सम्बन्धित ग्राहकलाई उपस्थित भई जानकारी लिनुहुन अनुरोध गरिन्छ । साथै, कोही ग्राहक कम्पनिमा उपस्थित हुन असमर्थ हुने भएमा कम्पनिमा आफ्नो सम्पर्क नं. टिपाई दिनु अनुरोध गरिन्छ । यहाँलाई यथासक्य चाँडो कम्पनिका प्रतिनिधिले सो सम्बन्धि विस्तृत जानकारीको लागी सम्पर्क गर्ने व्यहोरा अवगत गराईन्छ ।