सिटिजन्सको एफपिओमा पहिलो दिन मै पर्यो माग भन्दा बढी आवेदन
सिटिजन्स बैंकले मंगलबार देखि खुला गरेको एफपिओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । बैंकको सेयरमा १.६८ गुणा बढी आवेदन परेको हो । बैंकले ९ करोड २७ लाखको एफपिओ निष्काशन गरेकोमा १५ करोड ६० लाख बराबरको आवेदन परेको हो ।
बैंकले साउन १५ देखि १८ गतेसम्म ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निष्काशन गरेकोमा पहिलो दिनमा नै ७ लाख ८० हजार कित्ताका लागि आवेदन परेको हो ।